सुनको भाउ १ हजार ३ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



काठमाडौँ, २३ चैत । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय निर्धारण भएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा १ हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।