मुद्दती निक्षेपमा३२ करोड लगानी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ चैत । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३२ करोड मुद्दती निक्षेपमा लगानी गर्ने जनाएकाे छ । बैंकले यसका बारेमा सूचना जारी गरी लागू गरिएका सर्तहरुमा रहेर बैंक तथा वित्तीय संस्थामा साे रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएकाे छ ।

प्रकाशित सूचना अनुसार क वर्गका वाणिज्य बैंकहरुका लागि २५ करोड ६० लाख रहेकाे छ । विकास बैंकहरुका लागि ४ करोड ८० लाख रुपैयाँ रहेकाे छ भने वित्त कम्पनीहरुकाे लागि १ करोड ६० लाख रुपैयाँ रहेकाे ५ ।

बैंकले २०८१ वैशाख ३ गतेदेखि २०८१ कार्तिक ३ गतेसम्म १८८ दिनका लागि मुद्दतिमा उक्त ३२ करोड रकम राख्ने भएकाे हाे ।

राष्ट्र बैंकका अनुसार निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेका सर्तहरु मेल खाने बैंक तथा वित्तीय संस्थाहरुले प्रस्ताव गरिएकाे ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम खुलाएर आवेदन दिन पाउनेछन् ।