लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तकाे एजिएम आज बस्दै

-



     सफल आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ चैत । लाभांश अनुमाेदन गर्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे बाेलाइएकाे छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएकाे १० प्रतिशत बोनस सेयरकाे प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै करकाे प्रयाेजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह, वित्तीय अवस्थालगायतका एजेण्डाहरूमा छलफल गरिने पारित गरिनेछ । सभा प्रयोजनार्थ संस्थाले चैत १५ गते बुक क्लोज गरेकाे थियाे ।

साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि लगानीकर्ताहरूले चैत १४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका लगानीकर्ताहरू मात्रै लाभांश पाउन र साधारण सभामा भाग दिनका लागि याेग्य मानिनेछन् ।