ग्रीन डेभलपमेन्ट बैंकको २ आवको एजिएम एकैदिन

-



     सफल आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ चैत । लाभांशकाे प्रस्ताव पारित गर्नका लागि ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा एकैदिन बस्ने बैंकले जनाएकाे छ । बैंकका अनुसार आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को साधारण यही चैत्र २७ गते बस्नेछ ।

बैंककाे साधारण सभाबाट सेयरधनीहरूका लागि ३.८ प्रतिशत बोनस सेयरकाे प्रस्ताव अनुमाेदन गरिनेछ । साथै त्यसकाे कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । 

मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरामा चैत्र २७ गते पूर्वान्ह बजेबाठ शुरू हुने सभामा दुबै आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह, वित्तीय विवरण र अवस्थालगायतका एजेण्डाहरूमाथि छलफल गरिनेछ ।

यस्तै सभाले सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको चयन गर्नेछ भने संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको चयन गरिने भएकाे छ । 

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने भएमा त्यसका लागि आवस्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने भएकाे छ । बैंकले साधारण सभाकाे प्रयोजनार्थ चैत ९ गते बुक क्लोज गरेकाे थियाे । 

 साधारण सभामा चैतकाे ८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै साधारणा सभामा भाग लिन र लाभांशका लागि याेग्य मानिनेछन् ।