
काठमाडौं, २५ चेत । सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय परिवेश अनुसार अझैं भाउ बढेर डेढ लासम्म पुग्ने आकलन गरिएको छ ।
साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन तोलामा रुपैया २९ सयले र चाँदीमा रुपैयाँ ५५ ले बृद्धि भएको हो ।

छापावाल सुनमा रुपैयाँ २९ सयले बढेर तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा २९ सयले बढेर तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५५ ले बढेर तोलाको १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पहेलो धातु चाँदी तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




