नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियाे एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

-



     सफल आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ चैत। नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियाे एण्ड मल्टिस्पेसियालिटी हस्पिटल बिराटनगर बिच स्वास्थ्य सेवामा छुट दिने बिषयमा सम्झौता भएको छ।

एसबिआई बैंकका सम्पुर्ण भिसा डेविट कार्ड हाेल्डर तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरेर विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन। बैक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा उक्त सम्झौता भएको थियो।