गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

-



     सफल आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित



पाेखरा, २५ चैत । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले नियुक्त भएका छन ।

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएका थिए ।

अधिकारीले माओवादीबाट हरि चुमान र स्वतन्त्र भनिएका दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथसँगै अहिले २ जनालाई मात्र विना विभागीय मन्त्री नियुक्त गर्ने तयारी गरिएको बताइएकाे छ।

नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ८ र १ स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको थियाे ।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए ।