सेबाेनकाे अध्यक्षका लागि ५ जनाकाे नाम छनाेट

-



     सफल आवाज    
     चैत्र २६ गते २०८० मा प्रकाशित



काठमाडाैं, २६ चैत । नेपाल धितोपत्र बोर्ड (सेबाेन) काे अध्यक्षका लागि पाँच जनाकाे नाम छनाेट गरिएकाे छ। बोर्डकाे रिक्त रहेकाे अध्यक्ष पदका लागि दावेदारी पेश गरेकाहरूमध्ये ५ जनाको नाम छनाेट गरिएकाे हाे। छनाेटमा परेकाहरूमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन ।

छनाेटमा परेकाहरूमा कार्की नेप्सेका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

सेबाेनका अध्यक्ष रमेश हमाल बोर्ड सञ्चालक समितिले अध्यक्षबाट बाहिएपछि रिक्त अध्यक्ष पदका लागि आवेदन माग गरिएकाे थियो ।

छनाेटन गरिएका नामहरूमध्ये पाँच जनाबाट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरिने भएकाे छ । फेरि उनीहरूबाट एक जनालाई मन्त्रिपरिषबाे बैठकबाट चार वर्षका लागि बोर्डकाे अध्यक्ष नियुक्त गरिनेछ ।