सोमबार अमेरिकी डलरको भाउ स्थिर

-



     सफल आवाज    
     चैत्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ बढेको छ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ८२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ १६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची