आज उपत्यकामा सार्वजनिक विदा, सेयर काराेबार बन्द

-



     सफल आवाज    
     चैत्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ चैत। आज नेपाली सेयर बजार तथा बैंक, वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएकाेले सेयर कारोबार, बैंक, वित्तीय संस्थाकाे काराेबार नहुने भएकाे हाे ।

संघीय राजधानी काठमाडौंमा रहेको र नेपाल स्टक एक्सचेन्जकाे कार्यालय पनि उपत्यकामा नै रहेकाेले सार्वजनिक बिदा परेकाे बेलामा अर्थ बजार पनि बन्द हुने गरेकाे छ ।

बिदाका कारण काठमाडौं उपत्यकामा सार्वजनिक कार्यालय, बैंक, वित्तीय संस्थाहरू बन्द छन । सेयर बजार अब भाेलि मंगलबार पूर्वान्ह ११ बजे खुल्नेछ।