सुनमा नयाँ रेकर्ड: तोलाको १ लाख ३६ हजार २ सय

-



     सफल आवाज    
     चैत्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ चैत । सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । अघिल्लो दिन आईतबार २९ सयले बृद्धि भएको सुनमा आज पनि भाउ बढेर झनै माथि पुगेको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ ।

साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार आज नेपाली सुनचाँदी बजारमा सुन तोलामा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंले छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय रुपैयाँमा कारबोर भएको थियो ।