प्रभु बैंकले वैशाख २० मा वार्षिक साधारण सभा बाेलायाे

-



     सफल आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित



काठमाडाैं, २७ चैत । प्रभु बैंक लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बाेलाएको छ। बैंक सञ्चालक समितिको बैठककाे निर्णय अनुसार आगामी २०८१ वैशाख २० गते बैंकको केन्द्रीय कार्यालय काठमाण्डौमा सभा बाेलाइएकाे हाे । सभाले आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।

सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिने बताइएकाे छ।

उक्त साधारण सभाबाट चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरुको नियुक्ती अनुमोदन लगायतका प्रस्ताव समेत पारित गरिने बैकले जनाएकाे छ।  

सभामा बैंकको सहायक कम्पनी प्रभु स्टक मार्केट लिमिटेड र प्रभु क्यापिटल लिमिटेडको आव २०७९/८० को वित्तीय विवरण समेत छलफल गरी पारित गरिने बताइएकाे छ ।