उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभामा भारतीय उद्योग परिसंघका अध्यक्ष पुरीले सम्वोधन गर्ने

-



     सफल आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा भारतीय उद्योग परिसंघका अध्यक्ष संजीव पुरीले सम्वोधन गर्ने भएका छन । महासंघको साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने समेत बताइएकाे छ ।  

भाेलि चैत्र २८ गते बुधबार ८:३० बजे तय भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलहरुलाई पनि निम्त्याएको महासंघले जनाएकाे छ। यसअघि बिहान ९:३० मा तय भएको उद्घाटन समारोह बिहान ८:३० बजे सारिएको महासंघले जानकारी गराएकाे छ ।

उद्योग वाणिज्य महासंघको यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी मुख्य वक्ताका रुपमा रहने महासंघले बताएकाे छ । सभामा पुरी सहित भारतीय लगानीकर्ताहरुकाे सहभागिता रहनेछ ।