सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को साधारण सभा आज

-



     सफल आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित



काठमाडाैं, २७ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको) को वार्षिक साधारण सभा आज आज सम्पन्न हुँदैछ । साधारण सभा डिल्लीबजार स्थित अमृतभोग क्याटिरिङमा आयोजना हुँदैछ ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने बताइएकाे छ ।  

सभामा अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने एजेण्डाहरू रहेकाे सलिकोले जनाएकाे छ ।