सुनको भाउ निरन्तर उकालो, चाँदीको स्थिर

-



     सफल आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित



काठमाडौ, २७ चैत । आज पनि सुनको भाउ उकालो लाग्ने क्रम रोकिएन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा १ सयले बढेको तथा चाँदीको भाउ स्थिर रहेको जनाएको हो ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा नै कारोबार भएको थियो ।