प्रि ओपन सेसन : नेप्सेमा ८.३८ अंककाे बृद्धि

-



     सफल आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ चैत । साताकाे सेयर काराेबार हुने आज तेश्राे दिन हाे । यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.३८ अंकले बढेकाे छ ।

नेप्सेमा ८.३८ अंककाे बृद्धिसँगै नेप्से परिसूचक २००३५.२० विन्दुमा उक्लिएकाे छ । साथै सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढेको छ। अघिल्लो कारोबारकाे दिन आइतबार नेप्से २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेकाे थियाे ।

आज काे प्रि ओपन सेसनमा ५१ वटा कम्पनीहरुकाे १३ लाख १३ हजार ९७२ रुपैयाँ बराबरको २ हजार ८८१ कित्ता सेयर खरदिबिक्री भएको छ। ३२ वटाकाे सेयरमूल्य बढेको छ । १२ वटाकाे सेयरमूल्य घटेको छ। बाँकी रहेका ७ वटा कम्पनीहरुकाे सेयरमूल्य स्थिर रहेको छ।