नेप्सेमा ९.१९ अंकको बृद्धि, ४ अर्ब १४ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले बढेर ३६०.१५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ८ लाख १० हजार ९२० रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ ।