सुन तोलाको १ लाख ३६ हजार ८ सय, चाँदी पनि बढ्याे

-



     सफल आवाज    
     चैत्र २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ चैत । सुनचाँदीको उकालोको यात्रा जारी रहेको छ । यसरी भाउ उकालो लागदै गर्दा नयाँ नयाँ रेकर्ड पनि कायम भईरहेका छन् ।

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो । यो अहिलेसम्मकै उच्च भाउ हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावा सुन तोलाको १ लाख ३६ हजार ३ सय रुपैयामा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयल बढेर तोलाको १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३५ जार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । रुपैयाँ मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।