नेप्सेमा १०.७१ अंकको गिरावट, साढे ३ अर्बकाे कारोबार

-



     सफल आवाज    
     चैत्र २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ ।

सरकारले यतिबेला अर्थतन्त्रको सुधारका लागि प्रयास गरीरहेको छ भने लगानी सम्मेलनको तयारीमा लागेको छ । अर्कोतर्फ बजेटको तयारी गरीरहेको बेलामा अर्थ बजारमा उतारचढाव भईरहनु स्वाभाविकै हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ । नेप्सेमा ०.५२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९६ अंकले घटेर ३५८.१९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । यसदिन कुल ३०८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १२ करोड ५४ लाख ८८ हजार १३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै माण्डु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जि लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।