आज सेयर बजारकाे काराेबार बन्द

-



     सफल आवाज    
     चैत्र २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ चैत । सरकारले आज बिहीबार इदकाे सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिदा दिएकाे हाे ।

बिहीबार सार्वजनिक बिदाका कारण सेयर बजार, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द हुने भएका छन् ।

शुक्रबार सेयर बजारकाे काराेबार नहुने र शनिबार नियमित बिदाकाे कारण सेयर बजार अब नयाँ वर्ष २०८१ साल वैशाख २ गते खुल्ने भएकाे छ । बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि साेहि दिन नै खुल्नेछन् ।