
काठमाडाैं, २९ चैत । प्रभु इन्स्योरेन्सले लाभांशकाे प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि वितरणकाे प्रस्ताव गरिएकाे लाभांश पारित गर्न २८ औँ साधारण सभा डाकेकाे हाे ।
नयाँ वर्ष २०८१ साल बैशाख २० गते काठमाडौंस्थित इन्स्याेरेन्सकाे केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स तिनकुनेमा बोलाइएको साे सभा बिहान १० बजे शुरु हुने जनाइएकाे छ।
सभाबाट ४.७५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले बैशाख ७ गते बुकक्लोज गर्ने भएकाे छ ।
सभामा चुक्ता पूँजी साढे १ अर्ब पुर्याउन हकप्रद सेयर खुलाउने वा अन्य विकल्पका बारेमा कार्य गर्नका लागि त्यसकाे अख्तियारी सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूकेा चयन, संस्थापकबाट ३ जना र सर्वसाधारणबाट ३ जना सञ्चालक चयन गरिने भएकाे छ । साथै लेखापरीक्षककेा नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू रहेका छन्।
सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरूले बैशाख ६ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




