सुनकाे भाउ घट्याे, चाँदीको स्थिर

-



     सफल आवाज    
     चैत्र २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले गिरावट भएको र चाँदीको भाउ बुधबारकै कायम भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहि तोलाको १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।