यी ३ लघुवित्तकाे एजिएम आज, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     चैत्र ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० चैत । तीनवटा लघुवित्त वित्तीय संस्थाकाे आज साधारण सभा बस्दैछ । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सभा काभ्रेपलान्चोक बनेपामा रहेकाे होटल उग्रचण्डीमा बिहान बिहान १०.३० बजे बाेलाइएकाे छ ।

सभामा यसपटक लाभांशकाे प्रस्ताव छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतका एजेण्डाहरुमाथि छलफल गरी अनुमाेदन गरिने भएकाे छ । यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा बुटवल उप नगरपालिका ९, कालिकापथमा रहेकाे होटल न्यू ईरामा पूर्वान्ह ११ बजे डािकएकाे छ ।

सभामा यस संस्थाकाे पनि लाभांश वितरणकाे प्रस्ताव छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान, हरहिसाब लगायतका अन्य वित्तीय एजेण्डाहरुमाथि छलफल गरि पारित गरिने भएकाे छ । 

सभाबाट संस्थापक सेयरधनीकाे तर्फबाट ३ जना सन्चालक चयन गरिनेछ । साथै सर्वसाधारणबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । सभामा अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि गरिने कार्य गर्नका लागि त्यसकाे जिम्मेवारी सन्चालक समितलाई दिनेछ । 

आरम्भ चौतारी लघुवित्तको साधारण सभा बनेपामा रहेकाे पार्टी भेन्युमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । आरम्भ चौतारीले पनि यसपटक लाभांश नदिने भएकाे छ ।

संस्थाकाे साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान, हर हिसाब लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिने भएकाे छ । यस्तै सभामा अन्य उपयुक्त मानिएका वित्तीय संस्थासँग मर्जरका लागि गरिने कार्यकाे जिम्मेवारी सन्चालक समितिलाई दिइने भएकाे छ ।