नारायणी डेभलपमेन्ट बैंककाे साधारण सभाकाे मिति तय

-



     सफल आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ चैत । नारायणी डेभलपमेन्ट बैंकको २२औं साधारण सभा वैशाख १८ गते डाकिएकाे छ । यसपटक लाभांशकाे प्रस्ताव नभएकाे बैंककाे साधारण सभा रत्ननगर टाँडी चितवनमा रहेकाे होटल स्टारमा पूर्वान्ह ११ः३० बजे डाकिएकाे छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गरिनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेकिने भएकाे छ । यस्तै सभामा बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्तावहरू रहेका छन् ।

सभामा सञ्चालकहरुको चयन गरिने प्रस्ताव पनि रहेकाे छ । अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जानका लागि गर्नुपर्ने कामका लागि त्यसकाे अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि रहेकाे छ ।