नयाँ वर्षकाे पहिलाे काराेबार : सुनकाे भाउ २२ सयले घट्याे

-



     सफल आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ वैशाख । नेपाली नयाँ वर्ष २०८१ को अघिल्लो दिन अर्थात २०८० को चैत ३० मा सुनको भाउ बढेर इतिहासमै उच्च रेकर्ड कायम गर्यो ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नयाँ वर्ष २०८१ को कारोबारको पनि पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ ।

छापावाल सुनमा रुपैयाँ २२ सय तथा चाँदीमा रुपैयाँ ५० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

छापावाल सुनमा रुपैयाँ २२ सयले घटेर तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २२ सयले घटेर तोलाको १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आज चाँदीमा रुपैयाँ ५० ले घटेर तोलाको १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।