नेप्सेमा झिनो अंकको गिरावट, साढे ३ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०८१ को साताको पहिलो सेयर कारोबार भएको पहिलो दिन आज आईतबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । यसदिन कुल ३२० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७७ लाख ९५ हजार ३३ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ६३ करोड ७ लाख ७२ हजार ६५२ रुपैयाँ ६२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।