राष्ट्र बैंकले जारी गर्ने २४ अर्ब ७० करोडको ट्रेजरी बिलकाे आज बाेलकबाेल

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । राष्ट्र बैंकले जारी गर्ने २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलकाे आज बाेलकबाेल गरिदैछ । राष्ट्र बैंककाे सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साे बिल नवीकरण गर्न लागेकाे हाे ।

बैंकका अनुसार २८ दिनका लागि, ९१ दिनका लागि, १८२ दिनका लागि र १ वर्षको साे ट्रेजरी बिल नवीकरण गर्न लागिएकाे छ। बील भाेलि वैशाख ४ गते जारी हुने भएकाेले आज सोमबार दिउँसो ३ बजे बोलकबोल गरिनेछ । 

बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । जाे जेठ १ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिनेछ । यो ट्रेजरी बिल साउन १ गते परिपक्व हुने भएकाे छ । 

अर्काे बिल १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको रहेकाे छ । यो ट्रेजरी बिल असोज २९ गते परिपक्व हुने जनाइएकाे छ । अर्काे १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको रहेकाे छ । यो ट्रेजरी बिल २०८२ वैशाख २ गते परिपक्व हुनेछ ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

भुक्तानी मिति पहिले ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था रहेकाे छ । व्यक्तिको हकमा भने प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । 

बैंकले सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले बोलकबोलमा सहभागी हुन पाउनेछन् । सबैभन्दा बढी मूल्य राख्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने भएकाे छ ।