अरुण भ्याली हाइड्रोकाे अवितरित हकप्रद सेयर बिक्रीमा

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३ वैशाख । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने बताएकाे छ। कम्पनीका अनुसार १ बराबर १ काे रेसियाेमा निष्काशन गरेकाे हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागिएकाे हो।

कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता बोलपत्रमार्फत बिक्री गर्न लागेको हो। यसका लागि बैशाख १० गतेदेखि २४ गतेसम्म सेयर खरिद गर्न चाहने लगानीकर्ता, व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र दिन गर्न सक्नेछन्।

हकप्रद सेयरको सबैभन्दा तलकाे मूल्य रूपैयाँ १०० रहेकाे छ। लगानीकर्ताले ताेकिएकाे शुरू मूल्य वा त्याेभन्दा बढी मूल्य राखेर बाेलपत्र दिनुपर्नेछ । निवेदकले घटीमा १ सय कित्ताका लागि निवेदन दिनु पर्नेछ । बढीमा कुनै हद लाग्ने छैन।

सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन पाउनेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।