आज सुनमा ७ सयले बृद्धि, चाँदीको पनि बढ्यो

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी गराएको छ।

छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।