यूनियनपे सँगकाे सहकार्यमा खल्तीकाे क्यासब्याक मेला

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित




काठमाडाैं, ३ बैशाख। ‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर ल्याएकाे छ। यूनियनपे सँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूकाे १०० भन्दा बढि आउटलेटहरूमा यूनियन पे को क्यू आर् स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

चैत्र १४ देखि वैशाख ३० सम्म लागु हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियनपे को क्यू आर खल्ति मार्फत स्क्यान गरी छिटाे र सरल तरिकाले भुक्तानी गर्दै १०% क्यासब्याककाे लाभ उठाउन सक्नेछन्।

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टाेरहरूमा भुक्तानी गर्दा उक्त क्यास ब्याककाे लाभ लिन सकिने कम्पनीले जनाएकाे छ ।

हाल एन्आइ सिनेमा, न्यु म्यु, डल्ले, माेन्स्टर मिल, ई-फार्मेसी ,‍ मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूकाे आउटलेटहरूमा याे अफर उपलब्ध छ। साथै अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी रहेकाे बताइएकाे छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन- “यूनियनपे सँगको सहकार्यमा खल्तीले नयाँ वर्षको अवसर पारी ‘ क्यासब्याक मेला’ अफर उपलब्ध गराएकाे छ । खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै हामीले ‘क्यासब्याक मेला’ उपलब्ध गराएका छौं।

स्क्यान एन पे मा उपलब्ध भएको यस अफरले धेरै प्रयोगकर्ताहरू सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्न मिल्ने डिजिटल प्रक्रियासँग परिचित हुनुका साथै टन्नै क्यासब्याकको मज्जा लिन सक्नेछन् । यसका साथै क्यासब्याक मेला अन्तर्गत नयाँ प्रयोगकर्ताहरू पनि डिजिटल भुक्तानी प्रति आकर्षित हुने कम्पनीकाे अपेक्षा छ ।