सेयर बजार राताम्मै, २ अर्ब ७९ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको छ ।

नेप्सेमा ०.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिम इण्डेक्स २.४२ अंकले घटेर ३५५.७८ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् ।

कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७२ लाख २३ हजार ७७३ कित्ता सेयरको खरिद बिक्रीबाट २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी न्याग्दी ग्रुप पावर लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै माछापुच्छ्रे डिबेन्चर २०८७ को सेयरमूल्य बढेको छ । सो डिबेन्चरको सेयरमूल्य ७.०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

सरकारले वैशाख १६ र १७ गते तेश्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ । नेपालमा लगानी भित्र्याउन सम्मेलन महत्वपूर्ण कडिको रुपमा रहने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ सरकारले आर्थिक वर्ष २०८१/८२ को वजेट ल्याउने तयारी गरिरहेको छ । नयाँ गठबन्धनपछि बनेको सरकारका प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन तथा सरोकारवाला निकायहरु अर्थतन्त्र मजबुत बनाउन लागि परेको बताईरहेका छन् ।

सरकारले अर्थबजारका समस्याहरु समाधानका लागि प्रयास गरिने र सकारामक रहेको बताउँदै आएको छ भने लगानीकर्ताहरु लगानीमैत्री वातावरण र लगाइएका अंकुशहरु खुकुलो बनाउनु पर्ने माहोल खोजिरहेका छन् ।