सिजिकाे ‘वाइवाई’ अब सेयर बजारमा सूचिकृत हुने

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ वैशाख । सिजिकाे वाइवाई चाउचाउ पनि सेयर बजारमा आउने भएकाे छ । सेयर बजारमा सूचीकृत हुनका लागि तयारी भइरहेकाे जनाइएकाे छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सन्जाल एक्समा लेखेका छन्, अब वाइवाई नुडल्सले आइपीओ ल्याउने तयारी गरेको छ । ‘नेपालमा आइपीओ जारी गर्नका लागि हामीले तयारी गरिरहेका छौं ।’ हामी उत्साहित भएका छाैं ।

सेयर बजारमा प्रतिष्ठित कम्पनीहरू पनि आउनु पर्ने आवाज उठिरहेकाे बेला लाेकप्रिय उत्पादन वाइवाई चाउचाउ सेयर बजारमा सूचीकृत हुन आउने कुरा सुखद् मानिएकाे छ ।

पछिल्लाे समयमा सिंगल तथा टु एक्स पीराे चाउचाउकाे दबदवा हुन थालेपछि वाइवाई आइपीओ निष्काशनकाे तयारीमा लागेकाे सहजै आकलन गर्न सकिन्छ । वाइवाईकाे बजार विदेशमा पनि रहेकाे र उपभाेक्ताकाे रूचिमा रहेकाे नुडल्स पनि हाे ।