नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ बैशाख । नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। “नेपाल एसबिआई ऋणपत्र २०९०” नामक उक्त ऋणपत्रकाे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन्। उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृती पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १ सय २१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।