नेप्से १९९१.१ विन्दुमा झर्यो, २ अर्ब १० करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ ।

यसअघि सोमबार पनि सेयर बजार राताम्मै भएको थियो । नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको थियो भने सेन्सेटिभ इण्डेक्स २.४२ अंकले घटेर ३५५.७८ विन्दुमा रहेको थियो ।

यसदिन नेप्सेमा १४.८१ अंकको गिरावट भई नेप्से परिसूचक १९९१.७१ विन्दुमा झरेको छ । नेप्सेमा ०.७३ प्रतिशतले गिावट सेन्सेटिभ इण्डेक्स २.२६ अंकले घटेर ३५३.५१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये सबै राताम्मै भएका छन् । कुल ३१२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५४ लाख ७१ हजार ६८ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ ५८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुर्खाज फाइनान्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १६३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै १०.७५ एसबिएल डिबेन्चर २०८९ को सेयरमूल्य बढेको छ । सो सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।