आईपीओ जारी गर्ने तयारीमा प्रभु केबुलकार

-



     सफल आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ वैशाख । प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले सेयर (आईपीओ) खुलाउने भएको छ । कम्पनीले सो कार्य गर्न बिक्री प्रबन्धक नियुक्तिको आवेदन माग गरेकाे छ ।

बिक्री प्रबन्धक प्रतिस्पर्धाबाट छनोट गरिने भएकाेले आईपीओ खुलाउनका लागि कार्य अघि बढाउन शिलबन्दी आवेदन माग गरिएको छ । कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने जनाएकाे छ ।

कम्पनीका तीन वटा केबुलकार परियोजना रहेका छन्। यसमा बुटवलमा रहेको सिद्धार्थ केबुलकार अब केहि समयमै सञ्चालनमा आउदैछ ।

सिद्धार्थ केबुलकारकाे लागत १ अर्ब रहेकाे छ । मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडासम्म जाेडिएकाे छ । यहाँ आन्तरिक पर्यटक तथा भारतीय पर्यटकलाइ बढी लक्षित गरिएकाे छ ।

त्यस्तै कम्पनीकाे रामेछापमा खाँडादेवी केबुलकार परियाेजना रहेकाे छ । सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना रहेकाे छ । दुबै परियाेजनाका काम भइरहेका छन् ।

यी परियाेजनामा प्रभु ग्रुपमा रहेका प्रभु स्टिल एन्ड हाइड्रो इक्युपमेन्ट इन्डष्ट्रिज, प्रभु ऊर्जा कृषि पर्यटन लिमिटेड, हाइड्रो होल्डिङ एन्ड पावर डेभलपमेन्ट, प्रभु जलविद्युत् विकास लिमिटेडको लगानी रहेको छ ।