आज सार्वजनिक बिदा : सेयर बजारकाे काराेबार नहुने

-



     सफल आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । आज राम नवमी पर्व मनाइदैछ । सरकारले राम नवमीकाे अवसर सार्वजनिक बिदा दिएकाे छ । बिदाकाे कारण सेयर बजारकाे काराेबार बन्द हुने भएको छ ।

यस बिदामा सरकारी कार्यालय, सेयर बजार-तथा बैंक–वित्तीय संस्थाहरूकाे काराेबार बन्द हुने भएका छन् । अब सेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे काराेबार वैशाख ६ गते हुनेछ । 

मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेकाे थियाे । २ अर्ब १० करोड बढीकाे सेयर कारोबार भएको थियो ।