यसकारण घट्याे ज्योति बिकास बैंकको नाफा

-



     सफल आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ वैशाख । ज्योति विकास बैंककाे नाफामा कमि भएकाे छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार बैंकको खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा घटेको हाे ।

यस आर्थिक वर्षको पहिलो ९ महिनासम्म बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गएकाे वर्षको सोही अवधिकोभन्दा २४.४० प्रतिशतले कमि हो। गएकाे वर्षमा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।

इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घटेकाे हो। तर ब्याज आम्दानी भने सामान्य बढेकाे छ । खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी १.५४ प्रतिशतले र निष्क्रिय कर्जा ३.८९ प्रतिशतले बढेर ४.९७ प्रतिशत पुगेको छ। इम्पेरमेन्ट चार्ज ७१ करोडबाट ८३ करोड पुगेको छ। यसैकाे कारण बैंकको सञ्चालन तथा खुद नाफा घटेकाे हो।

बैंकको वितरणयोग्य नाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । वितरणयोग्य रहेकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक छ। याे आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ६३.५९ गुणा छ । नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी रूपैयाँ ४ अर्ब ३९ करोड रहेकाे छ । जगेडामा रूपैयाँ १ अर्ब ५० करोड रहेकाे छ । चैत मसान्तसम्ममा बैंकले रूपैयाँ ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरेकाे भने रूपैयाँ ५० अर्ब ७३ करोड कर्जा लगानी गरेको छ।