बुधबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावालको सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको जनाएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ ३५ ले गिरावट भई तोलाको १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।