यी २ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ वैशाख । आज वैशाख ६ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि दुबैले भाेलि शुक्ररबार बुकक्लाेज गर्ने भएका छन् ।

लाभांश पाउन र साधारणा सभामा भाग लिनका लागि सेयरधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरूले साधारण सभामा भाग लिन पाउने र लाभांशका पाउनका लागि याेग्य मानिनेछन् ।

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले बैशाख २० गतेद केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा २८ औँ साधारण सभा डाकेकाे छ। सभा बिहान १० बजे बाेलाइएकाे छ। सभाले ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।

यस्तै सभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउनका लागि हकप्रद सेयर खुलाउने वा अन्य विकल्प आएमा त्यसका बारेमा काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सञ्चालक समितिको चयन गरिने भएकाे छ । संस्थापक सेयरधनीहरुकोबाट ३ जना र सर्वसाधारणबाट ३ जना सञ्चालक चयन गरिनेछ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने लगायतका एजेण्डाहरू रहेका छन् ।

सूर्यज्योति लाइफ

सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे १६ औँ साधारण सभा बैशाख २१ गते, होटल हैरिसन प्यालेस विराटनगरमा बिहान १० बजे बाेलाइएकाे छ।

सभाबाट १०.२६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २४.७४ प्रतिशत नगद लाभांशसहित ३५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनमाेदन गरिनेछ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणकाे स्वीकृति, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । साथै संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।