कुमारी बैंककाे १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । कुमारी बैंकले आजबाट १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन पेश गर्न पाउनेछन् ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आजदेखि ३५ दिनभित्र आवेदन दिन पाउने अवधि ताेकिएकाे छ । यसका लागि बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी काठमाडौंमा आवेदन बुझाउन सकिनेछ ।

लगानीकर्ताले खरिद गर्न चाहेकाे सेयर संख्या खुलाउनु पर्नेछ । सेयरकाे मूल्य बिक्रेताले तोके अनुसारकाे हुनेछ । बैंकका अनुसार ताेकिएकाे म्यादसम्म माग अनुसारकाे आवेदन नपरेमा साे सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने भएकाे छ ।