प्रि ओपन सेसन : नेप्सेमा झिनाे अंककाे बृद्धि

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ वैशाख । साताको सेयर काराेबार हुने पाँचाै तथा अन्तिम दिन बिहिबार नेप्सेकाे प्रि ओपन सेसनमामा सकारात्मक माहाेल बनेकाे छ । यस सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ।

अघिल्लो कारोबार भएकाे दिन मंगलबार नेप्सेमा १४.८१ अंकले गिरावट भएर १९९१.७१ विन्दुमा झरेकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंक बढेर १९९२.३७ विन्दुमा उक्लिएकाे छ। याे सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।

यसदिन प्रि ओपन सेसनमा १० वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे रूपैयाँ २० लाख ६७ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ८९३ कित्ता सेयर खरिदबिक्री भएको छ। उनीहरूमा ७ वटाकाे सेयरमूल्य बढेको छ । ३ वटाकाे सेयरमूल्य घटेको नेप्सेले जनाएकाे छ।