सुन तोलामा रु ६ सयले घट्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।