नेप्सेमा १९.५६ अंककाे गिरावट, २ अर्ब बढीकाे काराेबार

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली सेयर बजार ओरालोकाे यात्रामा गएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स रु १० करोड ५१ लाख ३७ हजार छ सय ७९, पोखरा फाइनान्स रु सात करोड ३७ लाख ५५ हजार छ सय ४६, शिवम् सिमेन्ट रु पाँच करोड ४५ लाख १९ हजार एक सय २३ र हिमालयन रिइन्स्योरेन्स रु पाँच करोड ३० लाख ४९ हजार पाँच सय ५१ मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन् ।

रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।