आज अमेरिकी डलर र यूरो दुबैको भाउ बढ्यो

-



     सफल आवाज    
     वैशाख ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ९७ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ १० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ३८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची