सुनको तोलाको १ लाख ३९ हजार ३ सय पुग्यो, चाँदी घट्यो

-



     सफल आवाज    
     वैशाख ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भएको छ । छापावाल सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बृद्धि भएको छ । चाँदीमा भने रुपैयाँ ५ ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ३७ जहार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा आज रुपैयाँ ५ ले गिरावट भएर तोलाको रुपैयाँ १ हजार ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएकाे थियो ।