नबिल बैंकको नाफा साढे ४ अर्ब नाघ्यो

-



     सफल आवाज    
     वैशाख ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ बैशाख । नबिल बैंक लिमिटेडले चालु ९ महिनाकाे अवधिमा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार खुद नाफा कमाएको छ । बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस्ताे नाफा देखिएकाे हाे ।

यता गत आवको चैत मसान्तसम्मको तुलनामा बैंकको नाफा भने ८.७६ प्रतिशतले कमी रहेकाे छ । गत आवको सोअवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे थियाे ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत बढेकाे छ। याे अवधिमा ब्याज आम्दानी १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार भएको छ । समिक्षा अवधिमा बैंकको संचालन मुनाफा ६ अर्ब ६८ करोड ४२ लाख मात्र देखिएकाे छ ।

चालु आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख पुगेको छ। त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएकाे छ।