सांग्रिला बैंककाे नाफामा बृद्धि

-



     सफल आवाज    
     वैशाख ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले खुद नाफा बढाउन सफल भएकाे छ । बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा बढाउन सफल भएको देखिएकाे छ ।

बैंकको खुद नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ९.४४ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा २६ करोड ९३ लाख रहेकाे छ । गत वर्षमा बैंकले २४ करोड ६१ लाख मात्र नाफा गरेकाे थियो । 

बैंककाे खुद ब्याज आम्दानी ३.४९ प्रतिशतले बढेकाे छ । जाे रूपैयाँ १ अर्ब ४४ करोड पुगेको छ । सञ्चालन नाफा ९.६५ प्रतिशतले बढेको छ । इम्पेयरमेन्ट चार्ज सामान्य घटेकाे छ । 

बैंकको खराब कर्जा ३.५५ प्रतिशतले बढेर ३.८४ प्रतिशतले पुगेको छ । प्रतिसेयर आम्दानी ४७ पैसाले बढेर १०.४७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३७.४७ रुपैयाँ रहेको छ ।