रिडी पावरकाे सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ वैशाख । रिडी पावर कम्पनीकाे लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले चैत २९ गतेदेखि लिलामी सेयर बिक्रीमा ल्याएकाे थियाे ।

कम्पनीले माघ २१ गतेसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुलाई १ बराबर ०.५० काे रेसियाेमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरि बाँकी रहेकाे ११ लाख ३५ हजार ६५७ कित्ता चैत २९ गतेदेखि बिक्रीमा ल्याएकाे थियाे । यसमा लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन्।

सेयरकाे प्रतिकित्ता मूल्य रूपैयाँ १०० रहेकाे छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले ताेकिएकाे मूल्यभन्दा कम नहुनेगरी बढी मूल्य राखेर बोलपत्र दिनुपर्नेछ । यसका लागि घटीमा १०० कित्ता माग गर्नुपर्नेछ । बढीका लागि भने सिमा ताेकिएकाे छैन।

सेयरमा लगानीका लागि लगानीकर्ताले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।