कामना सेवा विकास बैंकको नाफासँगै इपिएस पनि बढ्याे

-



     सफल आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । कामना सेवा विकास बैंकको नाफा बढेकाे छ । बैंककाे नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

बैंककाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा ८.४ प्रतिशतले बढेर रूपैयाँ ३३ करोड १३ लाख भएकाे छ । गएकाे वर्ष साेहि अवधिमा रूपैयाँ १९ करोड ५८ लाख ७१ हजार नाफा गरेकाे थियो । 

बैंकको खुद ब्याज आम्दानी ४.४८ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ १ अर्ब ४५ करोड रहेकाे छ । गएकाे वर्ष याे रूपैयाँ १ अर्ब ५२ करोड थियाे । सञ्चालन नाफा २.९२ प्रतिशतले बढेर रूपैयाँ ५४ करोड पुगेकाे छ । 

चैत महिनाकाे अन्तिमसम्म आउदा बैंककाे चुक्ता पुँजी रूपैयाँ ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रहेकाे छ । इपिएस आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा भएकाे छ । नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेकाे छ ।