सुन खरिद गर्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

-



     सफल आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ स्थिर रहेको र चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो चाँदी तोलाको १ हजार ७ सय २० रुपैयाँमा कारबोबार भएको थियो ।